काठमाडौं । आज नेप्सेमा ३ कम्पनीको शेयर मूल्य समायोजन भएको छ । प्रभु बैंक, सनराइज बैंक र मनकामना स्मार्ट लघुवित्तको मूल्य समायोजन भएको हो ।
प्रभु बैंकको १२ प्रतिशत बोनस शेयर पछि २ सय ९४ रुपैया ७३ पैसामा मूल्य समायोजन भएको छ भने सनइज बैंकको ६.६५ प्रतिशत बोनस शेयर पछि २ सय ५४ रुपैया १० पैसामा मुल्य समायोजन भएको हो । त्यस्तै, मनकामना स्मार्ट लघुवित्तको १७ प्रतिशत बोनस शेयर पछि १ हजार ३ सय ३३ रुपैयाँ ३३ पैसामा मूल्य समायोजन भएको छ ।
प्रभु बैंकको अन्तिम बारोबार ३ सय ३० रुपैयाँ ३० पैसामा भएको थियो भने सनइज बैंकको २ सय ७१ रुपैयाँमा भएको थियो । त्यस्तै मनकामना स्मार्ट लघुवित्तको १ हजार ५ सय ६० रुपैयाँमा अन्तिम कारोबार भएको थियो