काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले लाभांस घोषण गरेको छ । आफ्ना सेयरधनीहरुलाई गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट ६.०५ प्रतिशत लाभांस वितरण गर्ने भएको हाे ।
पुष २ गते बसेकोे बैंक सञ्चालक समितिको बैठकले चुक्ता पूँजीको ६.०५ प्रतिशत लाभाशं वितरण गर्ने प्रस्ताव गरेको छ । हाल बैंकको चुक्ता पुँजी ९ अर्व ३ करोड रुपैयाँ छ । सो पुँजीको ५.७५ प्रतिशतले हुन आउने ५१ करोड ९४ लाख बराबरको बोनस शेयर तथा कर प्रयोजनको लागि ०.३० प्रतिशतले हुन आउने २ करोड ७३ लाख बराबरको नगद लाभाशं वितरण गर्ने निर्णय गरेको छ ।
उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति भई बैंकको आगामी साधारणसभाबाट पारित भएपश्चात लाभांश वितरण गरिने बैंकले जनाएको छ ।