images
images

दुई कम्पनीको झन्डै ३८ लाख कित्ता हकप्रदलाई धितोपत्र बोर्डको स्वीकृति


  • 590
    SHARES
  • २०७८ पौष २ गते शुक्रबार

    दुई कम्पनीको झन्डै ३८ लाख कित्ता हकप्रदलाई धितोपत्र बोर्डको स्वीकृति

    काठााडौं । नेपाल धितोपत्र बोर्डले २ कम्पनीलाई झन्डै ३८ लाख कित्ता हकप्रद शेयर जारी गर्न अनुमति दिएको छ । कर्पोरेट डेभलपमेन्ट बैंक र छ्याङ्दी हाइड्रोपावरको हकप्रद शेयरलाई बोर्डले बिहीबार अन्तिम स्वीकृति दिएको हो । 

    कर्पोरेट डेभलपमेन्ट बैंकको चुक्ता पुँजीको १ सय ५० प्रतिशतले हुन आउने ३० करोड रुपैयाँ बराबराको ३० लाख कित्ता हकप्रद शेयर जारी गर्न बोर्डमा निवेदन दिएको थियो । न्यूनतम चुक्ता पुँजी कायम गर्ने प्रयोजनका लागि बैंकले हकप्रद निष्कासन गर्न लागेको हो । हाल २० करोड रुपैयाँ चुक्ता पुँजी रहेको सो बैंकले हकप्रद शेयर जारी गरेपछि पुँजी ५० करोड पुर्याउनेछ । कर्पोरेटको हकप्रदका बिक्रीका लागि सिभिल क्यापिटल मार्केटलाई बिक्री प्रबन्धकमा नियुक्त गरिएको छ । 

    त्यस्तै, छ्याङ्दी हाइड्रोपावरको ३० प्रतिशत बराबरले हुने ८ करोड ९३ लाख रुपैयाँको ८ लाख ९३ हजार कित्ता हकप्रदका लागि समेत बोर्डले अन्तिम स्वीकृति दिएको छ । सो हकप्रद जारी गरेपछि हाल २९ करोड ७६ लाख रुपैयाँ रहेको कम्पनीको चुक्ता पुँजी ३८ करोड ६९ लाख रुपैयाँ पुग्नेछ । सो कम्पनीको हकप्रदका बिक्रीका लागि ग्लोबल आईएमई क्यापिटललाई बिक्री प्रबन्धकमा नियुक्त गरिएको छ । 


    images
    images

    Logo