काठमाडौं । पोखरा फाइनान्सले लाभांश घोषणा गरेको छ । बिहिबार बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो ।
कम्पनीले २०७७र७८ को मुनाफाबाट चुक्त पँजीको ८.०७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.४२५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात वितरण हुनेछ ।