काठमाडौं । समीट लघुवित्तले लाभांश तथा एफपीओको पस्ताव पारित गर्नका लागि साधारणसभा बोलाएको छ । बिहिबार बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो ।
लघुवित्तले पुस २४ गते शनिबार, आँबुखैरेनी रेष्टुराँ एण्ड पार्टी प्यालेस, तनहुँमा बिहान १० बजे बस्नेगरिसाधारण सभा बोलाएको हो ।
उक्त सभामा कम्पनिले प्रस्ताव गरेको २५.२८ प्रतिशत बोनस शेयर वितरण गर्ने, सजिलो लघुवित्त र समीट लघुवित्त एक आपसमा मर्ज र बोनस शेयर जारी गरेपश्चात संस्थापक र सर्वसाधारण शेयर पूँजीको अनुपातमा मिलान गर्दा नपुग भएको सर्वसाधारण तर्फको ७ लाख ५१ हजार ७ सय १२ कित्ता साधारण शेयर प्रिमियममा एफपीओ जारी गर्ने, सो सम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने लगायतका प्रस्तावहरु पारित गर्नेछ।
सो सभा प्रयोजनको लागि कम्पनीले पुष १५ गतेदेखि साधारणसधा हुने दिनसम्मको लागि शेयरधनी किताब खाता (बुक क्लोज) गर्ने निर्याय गरेको छ ।



