काठमाडौं । सेन्ट्रल फाइनान्सले लाभांश घोषणा गरेको छ । बुधबार बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो ।
सो कम्पनीले २०७७/७८ को मुनाफाबाट चुत्ता पुँजीको ७.७ प्रतिशत बोनस शेयर र ३.३ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ ।
सो प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भइ यस कम्पनीको साधारण सभाबाट पारित भए पश्चात वितरण हुनेछ ।