काठमाडौं। नेपाल स्टक एक्सचेञ्जमा आज तीन कम्पनीको सेयर मूल्य समायोजन हुँदैछ । सेयर मूल्य समायोजन हुनेमा सुर्योदय लघुवित्त, वोमी लघुवित्त र सपोर्ट लघुवित्त रहेका छन् ।
सुर्योदय लघुवित्तका २० प्रतिशत बोनस सेयरमा मूल्य समायोजन हुँने भएको छ। समायोजन भएसँगै लघुवित्तको सेयर मूल्य १ हजार ४ सय २७ रुपैयाँ ५० पैसा कायम हुँनेछ। यसअघि लघुवित्तको अन्तिम कारोबार प्रतिकित्ता १हजार ७ सय १३ रुपैयाँमा भएको थियो।
त्यस्तै, वोमी लघुवित्तको बोनस सेयर समायोजन पछिको भाउ १ हजार ३ सय ४० रुपैयाँ ८३ पैसा निर्धारण हुँने छ । नेप्सेले कम्पनीको २० प्रतिशत बोनस सेयर पछि समायोजन गरेको हो । यसअघि लघुवित्तको अन्तिम कारोबार प्रतिकित्ता १हजार ६ सय ९ रुपैयाँमा भएको थियो।
त्यस्तै, सपोर्ट लघुवित्तका ३० प्रतिशत बोनस सेयरमा मूल्य समायोजन हुँने भएको छ। समायोजन भएसँगै लघुवित्तको सेयर मूल्य १ हजार ७ सय ६९ रुपैयाँ २३ पैसा कायम हुँनेछ। यसअघि लघुवित्तकोअन्तिम कारोबार प्रतिकित्ता २ हजार ३ सय रुपैयाँमा भएको थियो।
आज समायोजन भएको मूल्यका आधारमा आइतबार कारोबार खुल्नेछ । नेपाल स्टक एक्सचेञ्जको नियम अनुसार समायोजित मूल्यमा २ प्रतिशतसम्म घटबढ भएर पहिलो कारोबार हुन सक्नेछ



