काठमाडौं । समय नसकिँदै शेयर बजारको कारोबार बन्द भएको छ । मंगलबार बजार परिसूचक १ सय ३७ अंकले बढ्दा सकारात्मक सर्किट लागेर बजार बन्द भएको हो ।
नेप्सेको नियम अनुसार बजार ६ प्रतिशत बढेपछि दिनभरको लागि कारोबार बन्द हुन्छ । यसअघि ५ प्रतिशत मूल्य बढेपछि ४० मिनेटका लागि कारोबार बन्द गरिएको थियो । त्यसपछि खुलेको बजार फेरि थप १ प्रतिशतले बढेपछि आज दिनभरका लागि कारोबार बन्द भएको हो ।
आजको कारोबार अवधिमा जम्मा १ अर्ब ८४ करोड बराबरको शेयर कारोबार भएको छ ।