images
images

जेनजी आन्दोलन : बीमा दाबी २३ अर्ब ३९ करोड, कुन कम्पनीमा कति ?


  • 387
    SHARES
  • २०८२ आश्विन १२ गते आइतबार

    जेनजी आन्दोलन : बीमा दाबी २३ अर्ब ३९ करोड, कुन कम्पनीमा कति ?

    काठमाडौं । गत भदौ २३ र २४ गतेको जेनजी पुस्ताको आन्दोलनका कारण क्षतिग्रस्त भएका भौतिक संरचनाको बीमा दाबी रु २३ अर्ब ३९ करोड २७ लाख बराबरको परेको छ ।

    नेपाल बीमा प्राधिकरणका अनुसार बीमा दाबीको सूचना आउने क्रम जारी रहेको छ । हालसम्म सम्पत्ति बीमा पाँच सय ९४, मोटर बीमा दुई हजार दुई सय नौ, इञ्जिनियरिङ तथा ठेक्का जोखिम बीमा एक सय ४४, परिवहन बीमा ११ र अन्य बीमाका ३० वटा आवेदन परेको छ । 

    सबैभन्दा धेरै बीमा दाबी बागमती प्रदेशको रहेको छ । सो प्रदेशमा एक हजार छ सय आठ वटा बीमा दाबीको आवेदन परेको प्राधिकरणले जनाएको छ । कोशीमा तीन सय ७७, मधेशमा तीन सय २३, गण्डकीमा दुई सय १९, लुम्बिनीमा दुई सय ५४, कर्णालीमा २५ र सुदूरपश्चिममा एक सय ८२ वटाको दाबी परेको छ । हालसम्म कूल दुई हजार नौ सय ८८ वटा बीमा दाबीको आवेदन परेको छ । 
    भौतिक क्षति धेरै भएकाले दावीको सङ्ख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ । प्राधिकरणको विवरणअनुसार, सिद्धार्थ प्रिमियर इन्स्योरेन्समा र पाँच अर्ब ४५ करोड ९३ लाख बराबरको दाबी आवेदन परेको छ ।

    यस्तै, दि ओरियन्टल इन्स्योरेन्समा रु पाँच अर्ब २३ करोड २४ लाख, आइजिआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीमा रु दुई अर्ब ७९ करोड ६६ लाख, शिखर इन्स्योरेन्समा रु दुई अर्ब ३९ करोड १३ लाख, सगरमाथा लुम्बिनी इन्स्योरेन्समा रु एक अर्ब ५७ करोड ५९ लाख बराबरको बीमा दाबीको आवेदन परेको छ ।

    मुलुकभर १४ वटा निर्जीवन बीमा कम्पनीसहित चार  माइक्रो इन्स्योरेन्स कम्पनीमा ती आवेदन परेको प्राधिकरणले जनाएको छ ।


    images
    images

    Logo