काठमाडौं । आज नेप्सेमा दुई कम्पनीको शेयर मूल्य समायोजन हुँदैछ । लक्ष्मी बैंक र समता घरेलु लघुवित्तको मूल्य समायोजन हुने भएका हुन् ।
लक्ष्मी बैंकको ८ प्रतिशत बोनश शेयरको समायोजन पछि शेयर मूल्य २ सय ७० रुपैयाँ ३७ पैसा कायम हुने छ । कम्पनीको अघिल्लो कारोबारको अन्तिम शेयर मूल्य २ सय ९२ रुपैयाँको आधारमा शेयर मूल्य समायोजन हुने भएको हो ।
त्यस्तै, घरेलु लघुवित्तको २० प्रतिशत बोनश शेयर पछिको मुल्य समायोजन गरी १ हजार १ सय २५ रुपैयाँ ८३ पैसा कायम हुनेछ । सो कम्पनीको अन्तिम कारोबारको मुल्य १ हजार ३ सय ५१ रुपैयाँको आधारमा शेयर मुल्य समायोजन गर्नेछ ।