काठमाडौं । फरवार्ड माइक्रफाइनान्स लघुवित्तले ४२ प्रतिशत लाभांश घोषणा गरेको छ । मंगलबार बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो ।
सो कम्पनीले २०७७/७८ को मुनाफाबाट चुक्ता पुँजीको ३५ प्रतिशत बोनस शेयर र ७ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भइ यस कम्पनीको साधारण सभाबाट पारित भए पश्चात वितरण हुनेछ ।