images
images

एक वर्षमा तीन सय बढी उद्योग बन्द,नयाँ उद्योग कति दर्ता भए ?


  • 661
    SHARES
  • २०८२ श्रावण १२ गते सोमबार

    एक वर्षमा तीन सय बढी उद्योग बन्द,नयाँ उद्योग कति दर्ता भए ?

    काठमाडौं । उद्योग तथा वाणिज्य कार्यालय चितवनमा दर्ता भएका ३ सय ८३ वटा उद्योग एक वर्षमा बन्द भएका छन् । 

    कार्यालयका सूचना अधिकारी शक्तिमान कुमालका अनुसार बन्द भएका उद्योगमा सबैभन्दा बढी कृषिमूलक उद्योग छन् । ती उद्योग १ सय ९९ वटा बन्द भएका छन् । उत्पादनमूलक ७४, सेवामूलक ७४ र पर्यटनमूलक ३६ उद्योग बन्द भएको उनले जानकारी दिए । उनका अनुसार सोही अवधिमा ३ सय ३१ वटा नयाँ उद्योग दर्ता भएका छन् । जसमा कृषिमूलक १ सय ४०, सेवामूलक १ सय १४, उत्पादनमूलक ६२, पर्यटनमूलक १५ उद्योग थपिएको छन् ।

    जिल्लामा रहेका उद्योगमध्ये दुई हजार ३ सय ९० वटा उद्योग नवीकरण भएका छन् । जसमध्ये १ सय १८ वटाले पुँजी वृद्धि गरेका छन् भने आठ वटाले स्तर परिवर्तन गरेका छन् । वाणिज्यतर्फ ५ सय २४ वटा व्यवसाय बन्द भएको उनले जानकारी दिए । वाणिज्यतर्फ ३ सय ७७ वटा व्यवसाय नयाँ दर्ता भएर सञ्चालनमा छन् । तीन हजार १ सय ११ वटा व्यवसाय नवीकरण भएको उनले बताए । कुमालका अनुसार २ सय ३ वटा व्यवसायीले पुँजी वृद्धि गरेका छन् भने ३४ वटाले उद्देश्य थप गरेका छन् । 

    उच्च शिक्षाका लागि विदेश जानेको सङ्ख्या बढेसँगै उद्योग तथा व्यवसाय दर्ता गर्ने र बन्द गर्ने प्रचलन बढेको उनले बताए । उद्योग बन्द गर्न पाँच वर्ष अवधि पर्खिनुपर्ने भएकाले पनि बन्द गर्ने प्रचलन बढेको उनले बताए ।


    images
    images

    Logo