images
images

आयल निगमले नयाँ नेतृत्व पाउँदै, को को परे अन्तिम सिफारिसमा


  • 324
    SHARES
  • २०८३ श्रावण १९ गते मंगलबार

    आयल निगमले नयाँ नेतृत्व पाउँदै, को को परे अन्तिम सिफारिसमा

    काठमाडौं ।  आयल निगमले एक दुई दिनमै नेतृत्व पाउँने भएको छ । रिक्त कार्यकारी निर्देशक पदका लागि तीन जना उम्मेदवारको नाम अन्तिम सिफारिस भएसंगै अव बस्ने मन्त्रिपरिषद् वैठकले कार्यकारी निर्देशक नियुक्त गर्ने भएको हो ।

    कार्यकारी निर्देशक छनोटका लागि गठित सिफारिस समितिले साउन १७ गते सम्पन्न मूल्याङ्कनका आधारमा सर्वाधिक अंक प्राप्त गर्ने तीन जनाको नाम उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सिफारिस गरेको छ । समितिका अनुसार धनुषाका नागेन्द्र साह (सीए) प्युठानका कौशल केसी, र सप्तरीका सञ्जीव कुमार देव अन्तिम तीन जनाको सूचीमा परेका छन् ।

    नेपाल आयल निगमको रिक्त कार्यकारी निर्देशक पदपूर्तिका लागि गत असार २ गते दरखास्त आह्वान गरिएको थियो । आवेदन दिएका उम्मेदवारमध्ये कार्यसम्पादन योजना प्रस्तुति, अन्तर्वार्ता तथा मूल्याङ्कनका आधारमा यी तीन जनाको नाम छनोट गरिएको समितिले जनाएको छ ।

    अब सिफारिस गरिएका तीन जनाको नाम उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमार्फत मन्त्रिपरिषद्मा पेश हुनेछ । मन्त्रिपरिषद्ले उनीहरूमध्ये एक जनालाई नेपाल आयल निगम लिमिटेडको नयाँ कार्यकारी निर्देशक नियुक्त गर्नेछ । 

    पटक पटक निमित्त कार्यकारी निर्देशकका रुपमासमेत काम गरिसकेका सिए नागेन्द्र साह तीन जनाको सूचिमा परेका कारण उनको कार्यकारी निर्देशक हुने सम्भावना बढी रहेको बताइएको छ । तत्कालिन कार्यकारी निर्देशक डा. चण्डिका प्रसाद भट्टले गत वैशाख ३० गते राजीनमा दिएपनि निगमको कार्यकारी निर्देशक रिक्त भएको थियो ।

    भट्टले राजीनामा सदएपछि सरकारले साहलाई निमित्त कार्यकारी निर्देशक नियुक्त गरेको थियो । विशिष्ट श्रेणीको चार वर्षे उमेर हदका कारण साहले अवकास पाएपछि निमित्तको जिम्मेवारी दिपक बरालले सम्हाल्दै आएका छन् । 




    images
    images

    Logo