काठमाडौं । शेयर बजार परिसूचक (नेप्से) आज पनि घटेको छ । आइतबार ८० अंक भन्दा बढीले घटेको बजार सोमबार पनि २२ अंकले घटेको हो । योसँगै शेयर बजारले २ दिनमा १०० भन्दा बढी अंक गुमाएको छ ।
आज बजारमा झन्डै २ तिहाइ कम्पनीको मूल्य घटेको छ । फाइनान्स कम्पनीमध्ये हालसम्म लाभांश घोषणा गरेको एकमात्रै फाइनान्स कम्पनीको मूल्यमा आज नकारात्मक सर्किट लागेको छ । सो कम्पनको मूल्य ९३ रुपैयाँले घटेर ८ सय ३८ रुपैयाँमा झरेको छ ।
भर्खरै कारोबार खुला भएका सालिङ र न्यादी पावर कम्पनीको शेयरमा आज समारात्मक सर्किट लागेको छ ।