काठमाडौं । नेपाल वायु सेवा निगमका दुई ट्वीन अटर विमान (9N-ABU र 9N-ABT) पुनः नियमित रूपमा आन्तरिक उडानमा फर्किएका छन् । लामो समयदेखि ग्राउण्डेड रहेका यी विमानहरूलाई मर्मत सम्भार गरी दुवैमा नयाँ इन्जिन जडान गरेपछि नियमित तालिका अनुसार उडान सुरु गरिएको निगमले मंगलबार एक प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको हो ।
विज्ञप्तिमा भनिएको छ, “आन्तरिक उडान सेवामा यी विमानहरू पूर्ण रूपमा सक्रिय छन्, जसले गर्दा दुर्गम क्षेत्रका नागरिकहरूलाई सुलभ, सुरक्षित र किफायती हवाई सेवाको पहुँचमा सुधार आउने विश्वास गरिएको छ । निगम आगामी दिनमा पनि यात्रुहरूको सुरक्षालाई प्राथमिकतामा राख्दै गुणस्तरीय सेवा प्रदान गर्न प्रतिबद्ध छ ।”