काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मूल्य घटेको छ । आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ८४ हजार ८०० रुपैयाँ रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सोमबार प्रतितोला १ लाख ८६ हजार ८०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज २००० रुपैयाँले घटेर प्रतितोला १ लाख ८४ हजार ८०० रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।
चाँदीको मूल्य पनि १० रुपैँयाले बढेको छ । अघिल्लो दिन तोलामा१ हजार ९६० रुपैयाँ कायम भएको चाँदीको मूल्य आज बढेर तोलामा १ हजार ९७० रुपैयाँ कायम भएको हो ।