images
images

सुनको मूल्य तोलामा ५३०० रुपैयाँले बढ्यो, कतिमा हुदैछ आजको कारोबार ?


  • 614
    SHARES
  • २०८२ बैशाख २३ गते मंगलबार

    सुनको मूल्य तोलामा ५३०० रुपैयाँले बढ्यो, कतिमा हुदैछ आजको कारोबार ?

    काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मूल्य  ५ हजार ३०० रुपैयाँले बढेको छ । आज छापावाला सुनको मूल्य प्रतितोला  १ लाख ८९ हजार ९००  रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    सोमबार प्रतितोला १ लाख ८४ हजार ६०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ५ हजार ३०० रुपैयाँले बढेर प्रतितोला  १ लाख ८९ हजार ९०० रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।

    चाँदीको मूल्य पनि बढेको छ । सोमबार तोलामा १ हजार ९१० रुपैयाँ कायम भएको चाँदीको मूल्य आज बढेर तोलामा १ हजार ९६५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । 


    images
    images

    Logo