काठमाडौं । सिन्धुपाल्चोकको मेलम्ची खोलामा बाढी आएपछि काठमाडौंमा पानी पठाउन रोकिएको छ । खोलामा धमिलो पानी आएकाले तत्कालका लागि पानी बन्द गरेको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ ।
सुरुङबाट पानी आउन बन्द भएसँगै काठमाडौं उपत्यकामा मेलम्चीको पानी वितरण पनि रोकिएको छ । काठमाडौं उपत्यकामा मेलम्चीको १७ करोड लिटर र सुन्दरीजलसहित अरू स्रोत गरी थप २ करोड लिटर पानी वितरण हुँदै आएकोमा मेलम्चीको पानी रोकिएपछि पानी वितरण पनि प्रभावित भएको काठमाण्डाै उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)ले जनाएकाे छ ।