images
images

२६ खर्ब नाघ्यो सार्वजनिक ऋण, ९ महिनामै थपियो ३ खर्ब ६६ अर्ब नयाँ ऋण


  • 588
    SHARES
  • २०८२ बैशाख ६ गते शनिबार

    २६ खर्ब नाघ्यो सार्वजनिक ऋण, ९ महिनामै थपियो ३ खर्ब ६६ अर्ब नयाँ ऋण

    काठमाडौं । चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा नेपाल सरकारले लिएको कुल सार्वजनिक ऋण २६ खर्ब ६७ अर्ब ६ करोड रुपैयाँ पुगेको छ । यो रकम देशको कुल गार्हस्थ उत्पादन (जिडिपी) को ४६.७५ प्रतिशत बराबर हो, सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ ।

    कुल ऋणमध्ये १३ खर्ब ६५ अर्ब ३२ करोड रुपैयाँ आन्तरिक स्रोतबाट लिएको हो भने १३ खर्ब १ अर्ब ७४ करोड रुपैयाँ बाह्य ऋण हो ।

    चालु वर्षको चैत मसान्तसम्ममा सरकारद्वारा थपिएको ऋण ३ खर्ब ६६ अर्ब ९ करोड रुपैयाँ रहेको छ । योमध्ये २ खर्ब ९१ अर्ब १४ करोड रुपैयाँ आन्तरिक ऋण हो भने ७४ अर्ब ९५ करोड रुपैयाँ बाह्य ऋण हो ।

    चालु वर्ष सरकारले कुल ५ खर्ब ४७ अर्ब रुपैयाँ ऋण लिने लक्ष्य राखेको थियो, तर चैत मसान्तसम्ममा त्यसको ६६.९३ प्रतिशत मात्र उठाइएको छ । आन्तरिक ऋणमा ३ खर्बको लक्ष्य राखिएकोमा ८८.२२ प्रतिशत अर्थात २ खर्ब ९१ अर्ब १४ करोड उठाइएको छ । तर, २ खर्ब १७ अर्ब रुपैयाँको लक्ष्यसहितको बाह्य ऋणमा भने केवल ३४.५४ प्रतिशत मात्र प्राप्त भएको छ ।

    यसका साथै ऋण तिर्ने खर्च पनि उल्लेख्य रूपमा बढेको छ । चालु आर्थिक वर्षमा ऋण सेवा खर्चका लागि ४ खर्ब २ अर्ब ८५ करोड रुपैयाँ बजेट छुट्याइएको थियो । चैत मसान्तसम्म २ खर्ब ५२ अर्ब ४८ करोड रुपैयाँ खर्च भइसकेको छ, जुन कुल लक्ष्यको ६२.६७ प्रतिशत हो ।

    त्यसमध्ये आन्तरिक ऋण भुक्तानीमा २ खर्ब १२ अर्ब ९३ करोड र बाह्य ऋण भुक्तानीमा ३९ अर्ब ५५ करोड रुपैयाँ खर्च गरिएको छ । ब्याज तिर्नका लागि छुट्याइएको १ खर्ब ३ अर्ब १२ करोड रुपैयाँ बजेटमध्ये हालसम्म ४९ अर्ब ४५ करोड रुपैयाँ खर्च भइसकेको तथ्यांक छ ।

     


    images
    images

    Logo