images
images

राष्ट्र बैंकले आज पनि ३० अर्ब निक्षेप निकाल्दै


  • 321
    SHARES
  • २०८२ बैशाख ३ गते बुधबार

    राष्ट्र बैंकले आज पनि ३० अर्ब निक्षेप निकाल्दै

    काठमाडौं। बैंक तथा वित्तीय संस्थामा ऋण दिन मिल्ने रकम (तरलता)धेरै भएपछि आज राष्ट्र बैंकले ३० अर्ब निकाल्दैँछ । बुधबार फेरि ३० अर्ब रुपैयाँ झिक्नका लागि राष्ट्र बैंकले निक्षेप संकलनको सूचना जारी गरेको हो।

    लामो समय देखिको अधिक तरलता व्यवस्थापनका लागि निक्षेप संकलन उपकरणमार्फत राष्ट्र बैंकले २१ दिनका लागि उक्त रकम झिक्न लागेको सुचनामा उल्लेख गरिएको छ ।

    निक्षेप संकलन औजारमार्फत राष्ट्र बैंकमा पैसा राख्न चाहने बैंक तथा वित्तीय संस्थाले आज दिउँसो ३ बजेसम्म अनलाइन बोलकबोल गर्नुपर्नेछ। सूचनामा कम्तीमा १० करोड र बढीमा ५ अर्ब रुपैयाँसम्म भाग गरी निःशेष भाग जाने गरी बोलकबोल गर्न सकिने उल्लेख छ। 

    निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।

    निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउने छन्। यसरी खरिद गरिएको निक्षेप संकलन उपकरण अन्य बैंक तथा वित्तीय संस्थामा धितोका रूपमा प्रयोग गर्न सकिने पनि राष्ट्र बैंकको सूचनामा उल्लेख छ।


    images
    images

    Logo