images
images

नेपाल एयरलाइन्सद्वारा ५३ करोड बढी ऋण किस्ता भुक्तानी, सहयोगका लागि कोषहरूलाई आग्रह


  • 518
    SHARES
  • २०८२ बैशाख १ गते सोमबार

    नेपाल एयरलाइन्सद्वारा ५३ करोड बढी ऋण किस्ता भुक्तानी, सहयोगका लागि कोषहरूलाई आग्रह

    काठमाडौं । नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)ले जहाज खरिदका लागि लिएको ऋणमध्ये चैत महिनाको किस्ताबापत ५३ करोड ९ लाख रुपैयाँभन्दा बढी रकम भुक्तानी गरेको छ ।

    निगमका प्रवक्ता सुवास डाँगीद्वारा जारी विज्ञप्तिअनुसार निगमले दुई न्यारोबडी विमानको सम्पूर्ण र दुई वाइडबडी विमानको आंशिक किस्ता तिरेको हो । यो रकम कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई भुक्तानी गरिएको बताइएको छ ।

    वर्तमान व्यवस्थापनले नेतृत्व सम्हालेयता निगमले २०८१ सालको चैत मसान्तसम्म जम्मा ७ अर्ब ३९ करोड ५ लाख ८ हजार रुपैयाँभन्दा बढी ऋण किस्ता भुक्तानी गरिसकेको जानकारी प्रवक्ताले दिएका छन् ।

    कोरोना महामारीका कारण व्यवसायमा परेको असरका कारण निगमले सो अवधिको व्याज, सो व्याजमाथिको ब्याज, हर्जाना र जरिवानामा छुट दिनका साथै किस्ता संख्या बढाई सहजीकरण गरिदिन कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई अनुरोध पनि गरेको छ ।

    निगमले यसबारेमा सम्बन्धित निकायहरूसँग छलफल भइरहेको जनाएको छ ।


    images
    images

    Logo