काठमाडौं । २०८२ सालमा ८८ दिन सार्वजनिक बिदा रहेको छ । नेपाल राजपत्रमा प्रकाशित सूचनामा ८८ दिन सार्वजनिक बिदा पर्ने जानकारी गराइएको छ ।
यो वर्ष ५२ वटा शनिवार परेका छन् । ३६ दिन विभिन्न चाडपर्व एवं दिवसका बिदा दिने निर्णय भएको छ ।
दशैंमा ७ दिन र तिहारमा ५ दिन बिदा दिइएको छ । यी बाहेकका अन्य पर्वहरूको बिदा २८ दिन छ ।
अन्तर्राष्ट्रिय मजदुर दिवस, गणतन्त्र दिवस, संविधान दिवस, शहीद दिवस, प्रजातन्त्र दिवस र अन्तर्राष्ट्रिय महिला दिवस गरी ६ दिन देशभर सार्वजनिक बिदा दिने निर्णय सरकारको छ ।
स्थानीय पालिकाले स्थानीय चाडपर्वका लागि थप बिदा दिनसक्ने जनाइएको छ ।