काठमाडौं । प्रिमियर इन्स्योरेन्सले १५ प्रतिशत लाभांश घोषणा गरेको छ ।
शुक्रबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट ७.५ प्रतिशत बोनस सेयर ७.५ नगद लाभांश दिने प्रस्ताव गरेको हो ।
यो प्रस्ताव बीमा समितिबाट स्वीकृत भइ साधारणसभाले पारित गरेपछि वितरण हुनेछ ।