images
images

नेप्सेसँगै कारोबार रकम पनि घट्यो


  • 429
    SHARES
  • २०८१ चैत्र ४ गते सोमबार

    नेप्सेसँगै कारोबार रकम पनि घट्यो

    काठमाडौं । सोमबार शेयर बजार घटर बन्द भएको छ । अघिल्लो कारोबार दिन अर्थात आइतबार घटेर बन्द भएको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो।

    आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १०.१४ अंकले घटेर २ हजार ७ सय ४ दशमलव ७० विन्दुमा पुगेको छ । 

    आज कारोबारमा आएका ३ सय ३१ स्क्रिपको ५ अर्ब ४० करोड रुपैयाँ बराबरको ९९ लाख ३५ हजार कित्ता शेयर किनबेच भएको छ । 

    सोमबार नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । आइतबार ६ अर्ब ८३ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो । 

    आज ८५ कम्पनीको शेयर मूल्य बढेको छ । १ सय ४५ कम्पनीको शेयर मूल्य घटेको छ भने १३ कम्पनीको शेयर मुल्य स्थिर छ । 

    १३ उपसमूहमध्ये यस दिन ४ उपसमूहको परिसूचक बढेको छ भने ८ उपसमूहको परिसूचक घटेको छ। त्यस्तै, यस दिन एक उपसमूहको परिसूचक स्थिर रहेको छ। यस दिन वित्त, होटल तथा पर्यटन, लगानी र उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सामान्य बढेको हो भने म्युचुअल फण्ड उपसमूहको परिसूचक स्थिर रहेको छ। यस दिन व्यापार उपसमूहको परिसूचक सर्वाधिक ३.३८ प्रतिशत घटेको छ।

    आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्सको शेयरं कारोबार भएको छ । आज यस कम्पनीको ४३ करोड ९३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल पुनर्बीमा कम्पनीको ३० करोड ७४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । महालक्ष्मी विकास बैंकको २२ करोड ३५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    सोमबार राप्ती हाइड्रोपावरको शेयर मूल्य ९.८६ प्रतिशतले बढेको छ । सामुदायिक लघुवित्तको शेयर मुल्य ८.०३ प्रतिशतले बढेको छ भने ग्रीन डेभलपमेन्ट बैंकको शेयर मुल्य ५.३३ प्रतिशतले बढेको छ । 


    images
    images

    Logo