images
images

रिलायबल क्यापिटलले बैशाख ३ गतेदेखि रिलायबल समृद्धि योजना निष्काशन गर्ने


  • 518
    SHARES
  • २०८१ फाल्गुण २८ गते बुधबार

    रिलायबल क्यापिटलले बैशाख ३ गतेदेखि रिलायबल समृद्धि योजना निष्काशन गर्ने

    काठमाडौं । रिलायबल क्यापिटल इन्भेष्टेमन्ट एण्ड मर्चेन्टले २०८२ बैशाख ३ गतेदेखि सामूहिक लगानी कोष रिलायबल समृद्धि योजनाको इकाई सार्वजनिक निष्काशनमा ल्याउने भएको छ।

    क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा एक अर्ब रुपैयाँ बराबरको १० करोड इकाई बिक्रीमा ल्याउन लागेको हो। रिलायबल म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने सो योजना १० वर्षे बन्दमुखी प्रकृतिको योजना हो।

    निष्काशन गरिने कुल १० करोड इकाईको १५ प्रतिशत इकाई अर्थात १ करोड १५ लाख इकाईमध्ये १४ प्रतिशत अर्थात् १ करोड ४० लाख इकाई कोष प्रवर्धक कम्पनी रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडलाई र १ प्रतिशत अर्थात १० लाख इकाई योजना व्यवस्थापकलाई सुरक्षित गरी बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधरणलाई बिक्री गर्न लागेको हो। उक्त फण्डमा न्यूनतम १०० देखि १ करोड इकाईसम्म आवेदन दिन पाउने व्यवस्था गरेको छ।

    फण्डको इकाईमा वैशाख ७ गतेसम्म आवेदन दिन सकिनेछ। उक्त समयमा सबै इकाई बिक्री नभएको खण्डमा वैशाख १७ गतेसम्म आवेदन खुला रहने क्यापिटलले जनाएको छ।

    फण्डको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ।  


    images
    images

    Logo