काठमाडौँ । शेयर बजार परिसूचक नेप्सेले २ हजार ८ सय अंक टेकेर बन्द भएको छ । बुधबार बजार परिसूचक नेप्से १६.५९ अंकले बढेर २ हजार ८ सय १ दशमलव ५२ विन्दुमा पुगेको हो । बजारमा आज झन्डै ७ अर्ब ३७ को कारोबार भएको छ ।
समग्र बजार बढे पनि आज बजारमा ८८ कम्पनीको मूल्य घटेको छ । ९४ कम्पनीको मात्रै मूल्य बढेको छ भने ५ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ ।
आज पनि बजारमा अपर तामाकोशी, पञ्चकन्या माई हाइड्रोपावर, मानुषी लघुवित्त, तेह्रथुम पावर कम्पनी र नेपाल बंगलादेश बैंकको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।