images
images

नेपाल इन्फ्रास्ट्रक्चर बैंकले बोलायो साधारणसभा


  • 506
    SHARES
  • २०७८ मंसिर १ गते बुधबार

    नेपाल इन्फ्रास्ट्रक्चर बैंकले बोलायो साधारणसभा

    काठमाडौं ।नेपाल इन्फ्रास्ट्रक्चर बैंकले  साधारणसभा बोलाएको छ । कात्तिक ३० गते बसेको सञ्चालक समितिकोे बैंठकले बैंकको तेस्रो वार्षिक साधारणसभा बोलाउने निर्णय गरेको हो ।

    सो साधारणसभा मंसिर २९ गते अनुपम फुडल्यान्ड एण्ड व्याङक्ट बत्तिसपुतली, काठमाडौंमा हुनेछ । उक्त साधारणसभाले आर्थिक वर्ष ०७७र७८ को मुनाफा मध्ये वितरण योग्य मुनाफाबाट हाल कायम भएको चुक्ता पूँजी ९२० अर्ब मात्र० को ८ प्रतिशतले हुने ९१ अर्ब ६० करोड० बराबरको  बोनस शेयर र ०।४२ प्रतिशत कर सहितको नगद लाभांश वितरण गर्ने प्रस्ताव गर्नेछ ।

    उक्त साधारणसभा प्रयोजनका लागि संस्थाले मंसिर ९ गते एक दिनका लागि शेयरधनी किताब बन्द गर्ने निर्णय गरेको हो । यस अनुसार मंसिर ८ गते सम्म कायम भएका शेयरधनीहरुले कम्पनीले वितरण गर्ने लाभांश र सो साधारणसभामा सहभागि हुन पाउनेछन् । 

    बैंले  कोभिड १९ को माहामारीको जोखिमका कारण साधारणसभामा अनलाईन प्रविधि मार्फत समेत सहभागि हुनसक्ने व्यहोरा जनाइको छ ।


    images
    images

    Logo