images
images

१६ वटा निर्माण कम्पनी कालोसूचीमा, १ वर्षदेखि ३ वर्षसम्म सार्वजनिक खरिदमा सहभागी हुन नपाउने


  • 405
    SHARES
  • २०८१ फाल्गुण ६ गते मंगलबार

    १६ वटा निर्माण कम्पनी कालोसूचीमा, १ वर्षदेखि ३ वर्षसम्म सार्वजनिक खरिदमा सहभागी हुन नपाउने

    काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले १६ वटा कम्पनीहरुलाई कालोसूचीमा राखेको छ । काम सन्तोषजनक नभएका ठेकेदार कम्पनी तथा सप्लायर्सहरुलाई कार्यालयले तीनदेखि एक वर्षसम्म कालोसूचीमा राखेको हो । 

    कार्यालयले १ वर्षदेखि ३ वर्षसम्मका लागि कालोसूचीमा राखेको सूचनामार्फत जानकारी दिएको छ ।  सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम सूचना प्रकाशित भएको मितिदेखि लागू हुने गरी विभिन्न १६ निर्माण व्यवसायी तथा आपूर्ति कर्तासँग कुनै कारोबार नगर्न सूचनामार्फत आग्रह गरिएको हो । 

    कालोसूचीमा परेका कम्पनीहरुले कालोसूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउनेछैनन् ।


    images
    images

    Logo