images
images

सानिमा फ्लेक्सी फण्डको इकाई खरिदका लागि आजदेखि आवेदन दिन सकिने


  • 432
    SHARES
  • २०८१ फाल्गुण ६ गते मंगलबार

    सानिमा फ्लेक्सी फण्डको इकाई खरिदका लागि आजदेखि आवेदन दिन सकिने

    काठमाडौं । सानिमा क्यापिटलले आजदेखि सामूहिक लगानी कोष सानिमा फ्लेक्सी फण्डको इकाई सार्वजनिक निष्काशनमा ल्याउँदैछ।

    यस फण्डको कुल आकार १ अर्ब रुपैयाँबराबरको १० करोड इकाई रहेको छ। जसमध्ये ४० प्रतिशत अर्थात ४० करोड रुपैयाँबराबरको ४ करोड इकाई क्यापिटलले प्रथम चरणमा सार्वजनिक रुपमा बिक्री खुल्ला गर्न लागेको हो। सो ४ करोड इकाईमध्ये १ करोड ३० लाख इकाई कोष प्रबर्द्धक सानिमा बैंकलाई र २० लाख इकाई सानिमा क्यापिटललाई सुरक्षित गरिएको छ। लगानीकर्ताहरुले बाँकी २ करोड ५० लाख इकाईका लागि आवेदन दिन सक्नेछन्।

    सानिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने सानिमा फ्लेक्सी फण्ड खुलामुखी प्रकृतिको योजना हो। उक्त फण्डमा न्यूनतम १०० देखि ४० लाख इकाईसम्म आवेदन दिन पाउने व्यवस्था गरेको छ।

    फण्डको इकाईमा फागुन ११ गतेसम्म आवेदन दिन सकिन्छ। उक्त समयमा सबै इकाई बिक्री नभएको खण्डमा फागुन २० गतेसम्म आवेदन खुला रहने क्यापिटलले जनाएको छ। फण्डको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ। 


    images
    images

    Logo