images
images

एक्सेल डेभलपमेन्ट बैंकको हकप्रद शेयर निष्कासन आज बन्द हुँदै


  • 381
    SHARES
  • २०७८ कार्तिक २९ गते सोमबार

    एक्सेल डेभलपमेन्ट बैंकको हकप्रद शेयर निष्कासन आज बन्द हुँदै

    काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंकको हकप्रद शेयर निष्कासन आज बन्द हुँदैछ । सो बैंकले १०ः३ अनुपातमा २४ लाख ३३ हजार कित्ता हकप्रद शेयरका लागि असोज २५ गतेदेखि आवेदन खुला गरेको थियो । 

    अंकित मुल्य १ सय रुपैयाँ रहेको उक्त शेयर बिक्री गर्ने जिम्मा एनआईबीएल एस क्यापिटल रहेको छ ।

     गत भदौ ३१ गते बैंकले हकप्रद शेयरका लागि शेयरधनी किताब खाता बन्द गरेको थियो । सो दिन कायम रहेका शेयरधनीहरु हकप्रद शेयर भर्न योग्य रहेका छन् । 

    हाल ८१ करोड ११ लाख रुपैयाँ चुक्ता पुँजी रहेको सो कम्पनीको पुँजी हकप्रद शेयर जारी गरेपश्चात् १ अर्ब ५ करोड रुपैयाँ नाघ्नेछ । 


    images
    images

    Logo