images
images

नेप्से स्थिर : कन्फ्युजनमा शेयर बजारका लगानीकर्ता


  • 321
    SHARES
  • २०७८ कार्तिक २८ गते आइतबार

    नेप्से स्थिर : कन्फ्युजनमा शेयर बजारका लगानीकर्ता

    काठमाडौं । माैद्रिक क्षेत्रको भावी अवस्था र ब्याजदरबारे शेयर बजारका लगानीकर्ताहरु अन्याैलमा देखिएका छन् । सोही कारण आइतबार शेयर बजारमा तीव्र उतारचढाव देखिएको छ । 

    दिनभरको उतार चढावबीच आइतबारको नेपाल स्टक एक्सचेञ्ज परिसूचक (नेप्से) स्थिर देखिएको छ । आइतबार नेप्से परिसूचक ४.९५ अंकले घटेर २ हजार ६ सय ८६ विन्दुमा रहेको हो । आज कुल ३ अर्ब ९५ करोड रुपैयाँ बराबरको कारोबार भयो । दिनभर उचारचढावको अवस्थामा रहेको नेप्से अन्तिम समयमा ५ अंकको झिनो गिरावटमा रोकिएको हो । 

    आज बजारमा ४ कम्पनीको मूल्यमा उच्च उतारचढाव भएका छन् । एचआईडीसीएलको मूल्यमा आज नकारात्मक सर्किट लाग्दा बोटलर्स नेपाल तराई, मानुषी लघुवित्त र तेह्रथुम पावरको शेयरमा सकारात्मक सर्किट लागेको छ । महालक्ष्मी विकास बैंकको शेयरमा पनि आज उच्च मूल्यको उछाल देखियो । 


    images
    images

    Logo