images
images

ङादी पावरको हकप्रद बिक्रीका लागि सिद्धार्थ क्यापिटल नियुक्त


  • 323
    SHARES
  • २०७८ कार्तिक २८ गते आइतबार

    ङादी पावरको हकप्रद बिक्रीका लागि सिद्धार्थ क्यापिटल नियुक्त

    काठमाडौं । ङादी ग्रुप पावर कम्पनीको हकप्रद शेयर निष्कासनका लागि सिद्धार्थ क्यापिटल बिक्री प्रबन्धकको रुपमा नियुक्त भएको छ । ङादी पावर र सिद्धार्थ क्यापिटलचीच सो सम्बन्धमा सम्झौता भएको हो । 

    सो कम्पनीले १ बराबर २ कित्ताका दरले हकप्रद शेयर जारी गर्ने प्रस्ताव यसअघि नै साधारणसभाबाट पारित गरिसकेको छ । आर्थिक वर्ष २०७७÷७८ को नाफाबाट २० प्रतिशत बोनस शेयर वितरण गरेपछि हुन आउने चुक्त पुँजीमा ङादीले सो बराबरको हकप्रद जारी गर्न लागेको हो । 

    असार मसान्तमा करिब ५८ करोड चुक्ता पुँजी भएको सो कम्पनीले २० प्रतिशत बोनस शेयर जारी गरेपछि चुक्ता पुँजी ७० करोड भन्दा माथि पुगेको छ । प्रस्तावित हकप्रद बिक्री गर्दा कम्पनीको चुक्ता पुँजी २ अर्ब १० करोड नाघ्नेछ ।


    images
    images

    Logo