images
images

एभरेष्ट बैंकलाई ऋणपत्र जारी गर्न धितोपत्र बोर्डले दियो अनुमति


  • 349
    SHARES
  • २०८१ माघ १७ गते बिहीबार

    एभरेष्ट बैंकलाई ऋणपत्र जारी गर्न धितोपत्र बोर्डले दियो अनुमति

    काठमाडौं । एभरेष्ट बैंकलाई नेपाल धितोपत्र बोर्डले ३ अर्ब रुपैयाँको ऋणपत्र जारी गर्ने अनुमति दिएको छ । बैंकले ‘एभरेष्ट बैंक डिबेन्चर–२०९१’ जारी गर्ने अनुमति पाएको हो।

    अब बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल ३० लाख इकाइ ऋणपत्र निष्कासन गर्नेछ। कुल इकाइमध्ये बैंकले १८ लाख इकाइ व्यक्तिगत तबरबाट बिक्री गर्नेछ। बाँकी १२ लाख इकाइको भने बैंकले सार्वजनिक निष्काशन गर्नेछ। 

    बैंकको यो ऋणपत्र १० वर्षे अवधिको हो। यसमा लगानीकर्ताले वार्षिक ७.५० प्रतिशत ब्याज पाउनेछन्।


    images
    images

    Logo