images
images

एनआरएन इन्फ्रास्ट्रक्चरले हकप्रद ल्याउने, बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट


  • 376
    SHARES
  • २०८१ माघ १४ गते सोमबार

    एनआरएन इन्फ्रास्ट्रक्चरले हकप्रद ल्याउने, बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट

    काठमाडौं । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले हकप्रद शेयर निष्काशन गर्ने भएको छ । हकप्रद सेयर निष्कासनका लागि नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकको रूपमा नियुक्त गरेको छ ।

    कम्पनीले सेयरधनीहरूलाई १ः१ को अनुपातमा कुल १ करोड २८ लाख ४३ हजार ७ सय २४ कित्ता साधारण सेयर निष्कासन गर्ने भएको छ।

    आइतबार नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेडका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोख्रेल र एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडका प्रमुख कार्यकारी अधिकृत हेमन्त बस्यालबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

    यो सम्झौतासँगै, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको आव २०८०/८१ को वार्षिक साधारण सभाबाट पारित हकप्रद निष्कासनको व्यवस्थापन नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेडद्वारा गरिने छ।

    एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले २०६९/०५/३१ गते दर्ता भई जलविद्युत, पर्यटन, होटल, विमा, सञ्चार लगायतका विभिन्न परियोजनाहरूमा लगानी गर्दै आएको छ ।


    images
    images

    Logo