images
images

हालसम्म चार बैंकले गरे लाभांश पारित, कुनको कति ? 


  • 534
    SHARES
  • २०७८ कार्तिक २६ गते शुक्रबार

    हालसम्म चार बैंकले गरे लाभांश पारित, कुनको कति ? 

    काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सुचीकृत वाणिज्य बैंकहरुमध्ये हालसम्म चार वटा बैंकहरुले वार्षिक साधारणसभाबाट आर्थिक वर्ष २०७७/७८को लाभांश पारित गरेका छन् । 

    लाभांश पारित गर्ने बैंकहरुमा माछापुच्छ्रे बैंक, सानिमा बैंक, कुमारी बैंक र सिटिजन्स इन्टरनेशनल बैंक आदि रहेका छन् । 

    माछापुच्छ्रे बैंक लिमिटेडको २३ औ वार्षिक साधारणसभा कात्तिक २६ गते शुक्रबार होटल पोखरा ग्राण्ड पोखरा कास्कीमा सम्पन्न भएको हो । सो साधारणसभाले गत आर्थिक वर्ष ०७७/०७८ को नाफाबाट १३.३० प्रतिशत बोनस शेयर र ०.७० प्रतिशत नगद लाभांश कुल १४ प्रतिशत लाभांश पारित गरेको छ । 

    सानिमा बैंक लिमिटेडको १७ औं वार्षिक साधारण सभा कात्तिक १४ गते आइतबार आप्रपाली व्याङकेट बालुवाटार काठमाडौं सम्पन्न भएको हो । सो साधारण सभाले गत आर्थिक वर्ष ०७७/०७८ को नाफाबाट १७ प्रतिशत बोनश शेयर तथा कर प्रयोजनका लागी ०.८९४७ प्रतिशत नगद लाभांश गरी कुल १७.८९४७ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव पारित गरेको छ । 

    कुमारी बैंक लिमिटेडको २१ औं वार्षिक साधारणसभा कात्तिक १६ गते मंगलबार कुमारी बैंकको कार्यालय नक्साल काठमाडौंमा सम्पन्न भएको हो । सो साधारण सभाले गत आर्थिक वर्ष ०७७/०७८ को  नाफाबाट ६ प्रतिशत बोनस शेयर र २.६७ प्रतिशत नगद लाभांश कुल ८.६७ प्रतिशत लाभांश पारित गरेको छ ।  

    सिटिजन्स इन्टरनेशनल बैंक लिमिटेडको १५ औं वार्षिक साधारणसभा कात्तिक १६ गते मंगलबार बैंकको केन्द्रीय कार्यालय दरबारमार्ग काठमाडौंमा सम्पन्न भएको हो । सो साधारणसभाले आर्थिक वर्ष २०७७/०७८ सम्मको मुनाफाबाट चुक्ता पुँजी को १२.९१३ प्रतिशत बोनश शेयर र ३.०८७ प्रतिशत कर सहितको नगद लाभांश  गरी कुल १६ प्रतिशत लाभांश पारित गरेको छ । 

     


    images
    images

    Logo