images
images

मर्चेन्ट बैंकिङ कम्पनी खोल्दै रिलायबल लाइफ, ५० करोड लगानी


  • 406
    SHARES
  • २०७८ कार्तिक २६ गते शुक्रबार

    मर्चेन्ट बैंकिङ कम्पनी खोल्दै रिलायबल लाइफ, ५० करोड लगानी

    काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ५० करोड लगानीमा मर्चेन्ट बैंक खोल्ने भएको छ । कम्पनीले नेपाल धितोपत्र बोर्डमा ‘रिलायबल इन्भेष्टमेन्ट एण्ड मर्चेन्ट क्यापिटल लिमिटेड’ नामक मर्चेन्ट बैंक दर्ता गर्ने अन्तिम तयारीमा रहेको छ ।

    कम्पनी रजिष्ट्रारको कार्यालयमा भने असोज १० गते नै दर्ता गरिसकेको छ । सो कम्पनीले आफ्नो लगानी विविधिकरण गर्ने क्रममा मर्चेन्ट बैंकमा लगानी गर्ने भएको हो । 

    यस मर्चेन्ट बैंकको अधिकृत पूँजी ५० करोड रुपैयाँ तोकिएको छ भने जारी पूँजी ३० करोड रुपैयाँ रहेको छ । हालको चुक्ता पूँजी भने २७ करोड रुपैयाँ छ । जारी पूँजी मध्ये बाँकी रहेको तीन करोड रुपैयाँको प्राथमिक शेयर आईपीओ जारी गर्ने योजना बनाएको छ ।

    नेपाल धितोपत्र बोर्डमा केहि दिनमै नेपाल सरकारले नयाँ अध्यक्ष नियुक्ति गर्ने छ । नयाँ अध्यक्ष आए सँगै मर्चेन्ट बैंकको लाइसेन्स खुला गर्ने अनुमान सहित कम्पनीले सम्पुर्ण प्रक्रिया अगाडी बढाएको हो ।


    images
    images

    Logo