काठमाडौं । न्यादी हाइड्रोपावर कम्पनीको शेयर रजिष्ट्रारमा एनएमबि क्यापिटल लिमिटेड नियुक्त भएको छ । कम्पनीले शेयर सम्बन्धि सम्पूर्ण काम गर्नका लागि एनएमबी क्यापिटललाई शेयर रजिष्ट्रार नियुक्त गरेको हो ।
अब न्यादी हाइड्रोपावर कम्पनीको शेयर दाखिल खारेज, नामसारी धितोबन्धक, डिम्याट, रोक्का लगायतको शेयरवालाहरुको लगत अद्यावधिक गर्ने आदि शेयर रजिष्ट्रेशन सम्बन्धि सम्पुर्ण काम एनएमबि क्यापिटल बाट हुनेछ ।