images
images

‘एनएमबि हाइब्रिड फन्ड एल–२’ का इकाइहरु माघ २४ बाट बिक्री खुला गरिने


  • 313
    SHARES
  • २०८१ माघ ८ गते मंगलबार

    ‘एनएमबि हाइब्रिड फन्ड एल–२’ का इकाइहरु माघ २४ बाट बिक्री खुला गरिने

    काठमाडौं । एनएमबि क्यापिटलले माघ २४ गतेदेखि सामूहिक लगानी कोष एमएबि हाईब्रिड फण्ड एल २ को इकाई सार्वजनिक निष्काशनमा ल्याउने भएको छ।

    क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा एक अर्ब २० करोड रुपैयाँ बराबरको १२ करोड इकाई बिक्रीमा ल्याउन लागेको हो। एनएमबि म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने एनएमबि हाईब्रिड फण्ड एल २ दश वर्षे बन्दमुखी प्रकृतिको योजना हो।

    फण्डले १५ प्रतिशत अर्थात् एक करोड ६८ लाख इकाई कोष प्रवर्धक कम्पनी एनएमबि बैंकलाई र १ प्रतिशत अर्थात १२ लाख इकाई योजना व्यवस्थापकलाई सुरक्षित गरी बाँकी रहेको १० करोड २० लाख इकाई सर्वसाधरणलाई बिक्री गर्न लागेको हो। उक्त फण्डमा न्यूनतम १०० देखि एक करोड २० लाख इकाईसम्म आवेदन दिन पाउने व्यवस्था गरेको छ।

    फण्डको इकाईमा माघ २८ गतेसम्म आवेदन दिन सकिन्छ। उक्त समयमा सबै इकाई बिक्री नभएको खण्डमा फागुन ८ गतेसम्म आवेदन खुला रहने क्यापिटलले जनाएको छ।

    फण्डको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ। 


    images
    images

    Logo