images
images

रोकिएन शेयर बजारको गिरावट, नेप्से र कारोबार रकम दुवै घट्यो 


  • 354
    SHARES
  • २०७८ कार्तिक २५ गते बिहीबार

    रोकिएन शेयर बजारको गिरावट, नेप्से र कारोबार रकम दुवै घट्यो 

    काठमाडौं । बिहिबार शेयर बजार ५९.४९ अंकले घटेको छ । साताको अन्तिम दिन नेपाल स्टक एक्सचेन्ज नेप्से परिसुचक २.१६ प्रतिशतले घटेर २ हजार ६ सय ९० दशमलब २९ बिन्दुमा पुगेको हो । 

    नेप्सेसहित सेन्सेटिभ इन्डेक्स पनि १०.६२ अंकले घटेको छ । बजारमा आज ५ अर्ब ११ करोड रुपैयाँ बराबरको ९४ लाख कित्ता शेयर कारोबार भएको छ ।

    १८७ वटा कम्पनीको कारोबार भएको बजारमा १६ वटा कम्पनीको शेयर मुल्य बढेको छ, भने १७१ वटा कम्पनीकोे शेयर मुल्य घटेको छ । 

    बैंक, विकास बैंक, हाइड्रोपावर, फाइनान्स, माइक्रोफाइनान्स, बीमा कम्पनी, निर्जीवन बीमा कम्पनी, ट्रेडिङ,  होटल एण्ड टुरिज्म,लाइफ इन्स्योरेन्स, इन्भेष्टमेन्ट लगायत सबै कम्पनीको शेयर मुल्य घटेको हो । 

    मानुषी लघुवित्त वित्तीय संस्था, तेह्रथुम पावर कम्पनीको शेयर मुल्यमा सकारात्मक सर्किट लागेसँगै साहस उर्जा, पाँचथर पावर कम्पनी, सामुदायिक लघुवित्त वित्तीय संस्था, आदि कम्पनीको मुल्य बढेको छ । 

    आज सर्वाधिक मुल्य घट्ने कम्पनीहरुमा आइसीएफसी फाइनान्स र महालक्ष्मी विकास बैंकको शेयर मुल्य ९ प्रतिशतले घटेको छ । त्यसैगरी शिव श्री हाइड्रोको शेयर मुल्य ७ प्रतिशतले घटेको छ । बरुण हाइड्रोपावर सिनर्जी पावर डेभलपमेन्ट कम्पनी र युनियन हाइड्रोपावरको शेयर मुल्य ६ प्रतिशतले घटेको हो । 


    images
    images

    Logo