images
images

१२ अंकले बढ्यो नेप्से, एक कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट


  • 348
    SHARES
  • २०८१ माघ ६ गते आइतबार

    १२ अंकले बढ्यो नेप्से, एक कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट

    काठमाडौं । आज शेयर बजार बढेर बन्द भएको छ । अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार सामान्य अंक घटेर बन्द भएको नेप्से, यस दिन भने सामान्य अंक बढेर बन्द भएको हो।

    नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १२.५८ अंकले बढेर २ हजार ६ सय १ दशमलव २१ विन्दुमा पुगेको छ । 

    आज कारोबारमा आएका ३ सय २५ स्क्रिपको ६ अर्ब २५ करोड रुपैयाँ बराबरको १ करोड २९ लाख कित्ता शेयर किनबेच भएको छ । 

    आज नेप्सेसँगै काराबोर रकम पनि बढेको छ । गत साताको अन्तिम दिन विहीबार ५ अर्ब ९३ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो । 

    आइतबार १ सय ७१ कम्पनीको शेयर मुल्य बढेको छ । ६८ कम्पनीको शेयर मूल्य घटेको छ भने ४ कम्पनीको शेयर मुल्य स्थिर छ ।

    १३ उपसमूहमध्ये यस दिन १० उपसमूहको परिसूचक बढेको छ भने ३ उपसमूहको परिसूचक घटेको छ। यस दिन उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक २.५७ प्रतिशत बढेको छ। त्यसैगरी, यस दिन वित्त उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ भने अरु ८ उपसमूहको परिसूचक सामान्य बढेको छ। यस दिन होटल तथा पर्यटन, म्युचुअल फण्ड र व्यापार उपसमूहको परिसूचक सामान्य घटेको हो।

     

    आज सबैभन्दा धेरै एनआरएनको शेयर कारोबार भएको छ । आज यस कम्पनीको २६ करोड ८५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सुपर मादीको २४ करोड ४५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सानिमा मिडिल तमोर हाइड्रोको १५ करोड १५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    आइतबार एक कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यसरी सर्किट लाग्नेमा बोटलर्स नेपाल (बालाजू) रहेको छ । विन नेपाल लघुवित्तको शेयर मूल्य ९.९ प्रतिशतले बढेको छ । त्यस्तै, यस दिन नेपाल रिपब्लिक मिडियाको शेयरमूल्य साढे ७ प्रतिशत बढेको छ। 


    images
    images

    Logo