images
images

गार्डियन माइक्रो लाइफको आईपीओ बाँडफाँड,  ८ हजार ४५२ आवेदन रद्द


  • 434
    SHARES
  • २०८१ माघ ६ गते आइतबार

    गार्डियन माइक्रो लाइफको आईपीओ बाँडफाँड,  ८ हजार ४५२ आवेदन रद्द

    काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटलको कार्यालय, नागपोखरी, काठमाडौँमा आईपीओ बाँडफाँट भएको हो।

    कम्पनीले पुस २१ गतदेखि २४ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १८ लाख ४५ हजार कित्ता शेयर निष्काशन तथा बिक्री गरेको थियो। सो आईपीओमा कुल १८ लाख ३० हजार ८ सय ५७ आवेदकले २ करोड ३२ लाख २ हजार ५ सय ४० कित्ता शेयर खरिदका लागि आवेदन दिएका थिए। निष्काशन गरिएको कुल कित्ताको तुलनामा कुल आवेदन १२.५८ गुणा बढी हो।

    कुल आवेदनमध्ये १८ लाख २२ हजार ४ सय ५ आवेदन स्वीकृत भएको छ भने ८ हजार ४ सय ५२ आवेदन रद्द भएको क्यापिटलले जनाएको छ।

    मागभन्दा बढी आवेदन परेका कारण धितापत्र निष्काशन नियमावली अनुसार गोलाप्रथा प्रक्रियामार्फत कम्पनीको शेयर बाँडफाँट गरिएको छ। जस अनुसार कुल १ लाख ८४ हजार ५ सय आवेदकले १० कित्ताका दरले कम्पनीको शेयर प्राप्त गरेका छन्।

     


    images
    images

    Logo