काठमाडौं । आईपीओ निष्काशन गर्नका लागि २ कम्पनील नेपाल धितोपत्र बोर्डको अनुमति पाएका छन् । विहीबार क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स र ओम मेगाश्री फर्मास्युटिकल्स कम्पनी आईपीओ निष्काशन गर्न अनुमति पाएका हुन् ।
क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सले प्रतिकित्ता १०० रुपैयाँका दरले २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता सेयर जारी गर्नेछ। यस आईपीओको बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटल रहेको छ।
यस्तै, ओम मेघाश्री फर्मास्युटिकल्सले पनि प्रतिकित्ता १०० रुपैयाँका दरले १८ करोड रुपैयाँ बराबरको १८ लाख कित्ता सेयर निष्कासन गर्न अनुमति पाएको छ। यस आईपीओको बिक्री प्रबन्धक प्रभु क्यापिटल रहेको छ।