images
images

सुर्योदय लघुवित्तको आकर्षक लाभांश घोषणा


  • 417
    SHARES
  • २०७८ कार्तिक २५ गते बिहीबार

    सुर्योदय लघुवित्तको आकर्षक लाभांश घोषणा

    काठमाडौं । सुर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेडले २० प्रतिशत लाभांशको घोषणा गरेको छ ।

    लघुवित्तको बिहिबार बसेको सञ्चालक समितिको १७० औ बैठकले संस्थाको आर्थिक वर्ष ०७७/०७८ को सम्मको वितरण योग्य मुनाफाबाट शेयरधनीहरुलाई लाभांश दिने निर्णय गरेको हो ।

    कम्पनीले हाल कायम भएको चुक्ता पुँजीको २० प्रतिशतका दरले हुन आउने ​४ करोड ९६ लाख ८ हजार रुपैयाँ बराबरको बोनस शेयर वितरण गर्ने घोषणा गरेको हो ।  

    उक्त प्रस्तावित लाभांश लघुवित्तको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि वितरण हुने जनाइएको छ । 

    हाल संस्थाको चुक्ता पुँजी २४ करोड ८० लाख ४२ हजार रुपैयाँ रुपैयाँ रहेको छ । २० प्रतिशतका दरले हुन आउने ४ करोड ९६ लाख ८ हजार रुपैयाँ बराबरको बोनस शेयरपछि कम्पनीको चुक्ता पुँजी २९ करोड ७६ लाख ५१ हजार रुपैयाँ पुग्नेछ ।


    images
    images

    Logo