images
images

प्राधिकरणले एकै महिनामा काट्यो १९ हजार जनाभन्दा धेरै ग्राहकको लाइन


  • 351
    SHARES
  • २०८१ माघ २ गते बुधबार

    प्राधिकरणले एकै महिनामा काट्यो १९ हजार जनाभन्दा धेरै ग्राहकको लाइन

    काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले पुस महिनामा १९ हजार दुई सय ३२ जना ग्राहकको लाइन काटेको छ । ती ग्राहकहरूबाट ७२ करोड ३१ लाख ६४ हजार रुपैयाँभन्दा धेरै बक्यौता उठाउन बाँकी रहेको प्राधिकरणले जनाएको छ ।

    यस्तै लाइन काटेपछि ती ग्राहकहरूबाट २२ करोड ८४ लाख ५९ हजार रुपैयाँ असूल भएको छ । भुक्तानी गर्ने १४ हजार एक सय ११ जना ग्राहकको लाइन पुस महिनामै जोडिएको पनि विद्युत् प्राधिकरणले जनाएको छ ।


    images
    images

    Logo