काठमाडौं । साताको पहिलो दिन आइतबार शेयर बजार घटेर बन्द भएको छ । अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार घटेर बन्द भएको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २५.४१ अंकले घटेर २ हजार ६ सय ९ दशमलव ६७ विन्दुमा पुगेको छ । आइतबार कारोबारमा आएका ३ सय १ स्क्रिपको ३ अर्ब ९९ करोड रुपैयाँ बराबरको ८० लाख २१ हजार कित्ता शेयर किनबेच भएको छ ।
आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । गत बिहीबार ७ अर्ब ३० करोडको शेयर कारोबार भएको थियो । आइतबार ४३ कम्पनीको शेयर मूल्य बढेको छ । १ सय ९४ कम्पनीको शेयर मुल्य घटेको छ भने ६ कम्पनीको शेयर मुल्य स्थिर छ ।
यस दिन १३ वटै उपसमूहको परिसूचक घटेको छ। जसमध्ये यस दिन वित्त उपसमूहको परिसूचक सर्वाधिक ३.६० प्रतिशत घटेको छ। त्यस्तै, यस दिन विकास बैंक, जलविद्युत, उत्पादन तथा प्रशोधन र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।
आज सबैभन्दा धेरै एनआरएनको शेयर कारोबार भएको छ । आज यस कम्पनीको २० करोड ४१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सिन्धु विकास बैंकको १८ करोड ८० लाख रुपैयाँको शेयर कारोबार भएको छ । सिंगटी हाइड्रोको १६ करोड ४९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन पावर पार्टनरको १३ करोड ३४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज २ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यसरी सर्किट लाग्नेमा विन नेपाल लघुवित्त वित्तीय संस्था र सिन्धु विकास बैंक रहेका छन् । अन्य स्टकहरुको मूल्य वृद्धिदर भने ५ प्रतिशतभन्दा कम रहेको छ।



