काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सुचीकृत विकास बैंकहरु मध्ये हालसम्म दुई वटा विकास बैंकले साधारणसभाबाट आर्थिक वर्ष २०७७/७८ को लाभांश पारित गरेका छन् । लाभांश पारित गर्ने बैंकहरुमा साङिग्रला डेभलपमेन्ट बैंक र कामना सेवा विकास बैंक रहेका छन् ।
हालसम्म लाभांश पारित गरेका विकास बैंक मध्ये कामना सेवा विकास बैंकले १९.४७ प्रतिशत र साङिग्रला डेभलपमेन्ट बैंक १०.५२ प्रतिशत लाभांश पारित गरेको हो ।
साङिग्रला डेभलपमेन्ट बैंकको १७ औ वार्षिक साधारणसभा कात्तिक १६ गते लैनचौर व्याङ्केट लैनचौर काठमाडौंमा सम्पन्न भएको छ । सो साधारणसभाले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट शेयरधनीहरुलाई चुक्ता पुँजीको १० प्रतिशत बोनस शेयर र ०.५२ प्रतिशत कर सहितको नगद लाभांश गरी कुल १०.५२ प्रतिशत लाभांश पारित गरेको छ ।
कामना सेवा विकास बैंकको १५ औं वार्षिक साधारणसभा कात्तिक २३ गते पार्क भिलेज रिसोर्ट बुढानिलकण्ढ काठमाडौंमा सम्पन्न भएको छ । सो साधारणसभाले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट शेयरधनीहरुलाई चुक्ता पुँजीको १८.५० प्रतिशत बोनस शेयर र ०.०७ प्रतिशत कर सहितको नगद लाभांश गरी कुल १९.४७ प्रतिशत लाभांश पारित गरेको छ ।



