काठमाडौं । बैंकिङ्ग फाईनान्स एण्ड इन्स्योरेन्स इन्ष्टिच्यूट अफ नेपाल लिमिटेड (बिफिन) ले साधारणसभा बोलाएको छ ।
कात्तिक १४ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको तेस्रो साधारणसभा गर्न लागेको हो । उक्त साधारणसभा मंसिर १७ गते शुक्रबार दिउँसो ३ बजे होटल एलफ्ट ठमेल काठमाडौंमा हुनेछ ।
सो साधारणसभाले आर्थिक वर्ष ०७७/७८ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरिक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष ०७७/७८ को वासलात, विस्तृत नाफा नोक्सान हिसाब, नगद प्रवाहको विवरण, पूँजीमा भएको परिवर्तन लगायत तत्सम्बन्धी सम्पूर्ण अनुसुचीहरु उपर छलफल गरि पारित गर्ने ।
कम्पनी ऐन, २०६३ को दफा १११ बमोजिम आर्थिक वर्ष ०७८/७९ को लागि कम्पनीको लेखापरिक्षण समितिको सिफारिस बमोजिम बाहृय लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक तोक्ने लगायतका प्रस्तावहरू पारित गर्नेछ ।
साथै सो साधारणसभाले संस्थाको प्रबन्धपत्रको दफा ४(१) कम्पनीको उदेश्य अन्तर्गत खण्ड “ण” मा स्वदेशी तथा विदेशी विश्वविद्यालयसँग सम्बन्धन प्राप्त गरी नियामक निकायवाट स्विकृती समेत लिई उच्च शिक्षा, पीएचडी, स्नातकोत्तर र डिप्लोमा स्तरका शैक्षीक कार्यक्रमहरु संचालन, संयोजन तथा सहजीकरण गर्ने भन्ने उदेश्य थप गर्ने सम्बन्धमा छलफल गरी अनुमोदन गर्नेछ ।



