images
images

नेपाल माइक्रो इन्स्योरेन्सले पायो आईपीओ निष्कासनको अनुमति


  • 485
    SHARES
  • २०८१ पौष २६ गते शुक्रबार

    नेपाल माइक्रो इन्स्योरेन्सले पायो आईपीओ निष्कासनको अनुमति

    काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीले साधारण सेयरको सार्वजनिक निष्कासन (आइपीओ) अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले पुस २५ गते नेपाल माइक्रो इन्स्योरेन्सलाई आइपीओ अनुमति दिएको हो । 

    आइपीओ अनुमति पाउने नेपाल माइक्रो इन्स्योरेन्स दोस्रो लघु बीमक हो । 

    धितोपत्र बोर्डको अनुमतिसँगै अब नेपाल माइक्रो इन्स्योरेन्स सर्वसाधारणका लागि २२ करोड ५० लाख रुपैयाँ बराबरको आइपीओ बिक्री खुला गर्नेछ । जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल २२ लाख ५० हजार कित्ता साधारण शेयर जारी गर्नेछ ।

    आइपीओ बिक्रीपछि कम्पनीको चुक्ता पुँजी ७५ करोड रुपैयाँ पुग्नेछ । जुन लघु बीमकले कायम गर्नुपर्ने न्यूनतम चुक्ता पुँजी हो । कम्पनीमा संस्थापक सेयर धनीहरूको ५२ करोड रुपैयाँ ५० लाख रुपैयाँ लगानी रहेको छ ।


    images
    images

    Logo