images
images

माघ १ देखि नयाँ बैंक खाता खोल्न राष्ट्रिय परिचयपत्र अनिवार्य


  • 444
    SHARES
  • २०८१ पौष २५ गते बिहीबार

    माघ १ देखि नयाँ बैंक खाता खोल्न राष्ट्रिय परिचयपत्र अनिवार्य

    काठमाडौं । २०८१ माघ १ गतेदेखि बैंक तथा वित्तीय संस्थामा नयाँ खाता खोल्न अनिवार्य रूपमा राष्ट्रिय परिचयपत्र चाहिने भएको छ । राष्ट्र बैंकले बिहीबार परिपत्रमार्फत उक्त निर्देशन दिएको हो ।

    ‘बैंक तथा वित्तीय संस्थाले २०८१ माघ १ गतेदेखि राष्ट्रिय परिचयपत्रको विद्युतीय अभिलेखमा रहेको विवरणको पहुँचका आधारमा राष्ट्रिय परिचयपत्र वा राष्ट्रिय परिचयपत्र नम्बरको विवरण यकिन गरी अनिवार्य रूपमा राष्ट्रिय परिचयपत्र वा राष्ट्रिय परिचयपत्र नम्बरका आधारमा खाता खोल्ने व्यवस्था मिलाउनुपर्नेछ,’ राष्ट्र बैंकको निर्देशनमा भनिएको छ ।

    नेपाल सरकारले सामाजिक सुरक्षालगायतका सरकारी भुक्तानी दिनुपर्ने अवस्थामा सम्बन्धित सरकारी निकायले उपलब्ध गराएको विवरणका आधारमा बैंक तथा वित्तीय संस्थाले खाता खोल्नु पर्नेछ । त्यस्तो खाताबाट रकम झिक्नुअघि यस निर्देशनबमोजिम ग्राहक पहिचान तथा सम्पुष्टि गर्नुपर्ने निर्देशन पनि परिपत्रमा छ ।


    images
    images

    Logo