काठमाडौं । प्रभु बैंकले लाभांशको घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
बैंकले हाल कायम रहेको चुक्ता पूँजीको १२ प्रतिशत बोनस शेयर र ०.६३ प्रतिशत कर सहितको नगद लाभांश गरी कुल १२.६३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।
मंगलबार बसेको बैंकको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो । उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्र वितरण गरिनेछ।